Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको अवरोध

शुक्रबार, माघ १८, २०८१

काठमाडौं- संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ । आज (शुक्रबार) देखि सुरु भएको बैठकको सुरुमै रास्वपा सांसदहरू उठेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाएका हुन्। उनीहरूलाई सभामुखले पटक पटक आसन ग्रहण गरी कार्यसूची अघि बढ्न आग्रह गरे । पहिलो दिनको बैठकमा दलीय आधारमा धारणा राख्ने प्रबन्ध गरिएको भन्दै त्यमी क्रममा आफ्नो विषय राख्न भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्