नेभिगेशन
राजनीति

संसद सबैको हो, प्रतिपक्षको मात्र होइनः प्रधानमन्त्री ओली

बुरुक्क गरेका रविलाई सभामुख घिमिरेले थचक्क बनाए, संसदीय दलका नेताबिना बैठकमा लुरुक्क रास्वपा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीको संसद भन्ने भाष्यको खण्डन गरेका छन्।

शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘हामी सबैको संसद हो। सरकारले बिजनेश ल्याउने हो। सबैले बोल्ने थलो हो।’

ओलीले विभिन्न नेताले हावादारी हल्ला गरेको पनि बताए। उनले दाबी गर्दै भने,‘म यहाँ उभिएर भन्छु, भ्रष्टाचार गर्दिन। गर्न दिन्न। र, कसैले गरेको प्रमाणित गरेर लेर आउन चुनौती दिन्छु।’

उनले कम्बोडियाको टेलिकमलगायतका विषयमा लगानी भएको भन्ने विषयलाई राख्दै यस्तो बताएका हुन्। 

यता रास्वपा सांसदले १५ मिनेट सदन बहिस्कार गरेका थिए। तर पछि संसदीय दलका नेता तथा सभापति रवि लामिछानेबिना नै रास्वपा सांसद सदनमा सहभागी भए। 

उता, रवि लामिछानेले आफूलाई सांसदबाट गरिएको निलम्बन संसद नियमावली विपरीत रहेको जिकिर गरेका थिए। अदालतबाट धरौटीमा छुटेपश्चात् आफ्नो सांसद पद बहाल रहनुपर्ने उनको माग थियो।

Debra_rabi-1738307726.webp
 

तर, बुरुक्क गरे पनि सभामुख देवराज घिमिरेले उनलाई थचक्क पारेका छन्। उनको कारबाही फुकुवा भएन।

आफ्नो निलम्बन फुकुवाको लागि लामिछानेले आज सभामुखलाई निवेदन दिएका थिए। प्रतिनिधिसभा नियमावलीको दफा २८ को उपदफा ३ मा अनुसार थुनामा रहेको अवधिभर मात्रै निलम्बन हुनुपर्ने उनको तर्क छ।

निवेदनमा ‘नियमावलीको दफा २८ को उपदफा (३) मा प्रस्ट रूपमा– प्रचलित कानून बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर... भन्ने उल्लेख छ ।

निवेदनमा लामिछानेले थप भनेका छन्,‘ म निवेदक थुनामा नरहेको अवस्थामा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ बमोजिमको प्रावधानले सदनको कार्य सञ्चालन एवं काम–कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अवरोध गर्न एवं लागु हुन नसक्ने हुँदा सो प्रतिनिधि सभा नियमावली २०७९ को दफा २२८ को उपदफा (३) बमोजिम थुनामा नरहेको म निवेदक सार्वभौम नागरिकको प्रतिनिधिलाई संविधान र कानून बमोजिम संसदमा उपस्थित हुन र सदनको काम–कारबाहीमा भाग लिन कुनै अवरोध हुन नसक्ने प्रष्ट छ’ भनिएको छ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति