प्रतिनिधि सभा बैठकमा फर्किए बहिष्कार गरेर निस्किएका रास्वपा सांसद
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधि सभा बैठकमा सहभागी भएका हुन् ।
सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।
उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनुपर्ने माग राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १४:४५
प्रतिक्रिया दिनुहोस्