नेभिगेशन
मनोरञ्जन

‘एक्टर र एक्टर टेक वन’को लफडाले गलत नजीर बसाएको निर्देशक बस्नेतको बुझाई, के भन्छन् उनी?

काठमाडौं– दुई दिन विदामा राम्रो व्यापार गर्ने ध्येयका साथ माघ १६ गते रिलिजका लागि आक्रामक प्रचारबाजी गरेको फिल्म ‘एक्टर टेक वन’लाई जिल्ला अदालत काठमाडौंले एकाएक रोकिदियो।

एक्टर फिल्मका निर्माताले दायर गरेको निवेदनका आधारमा फैसला गर्दै तत्कालका लागि उक्त फिल्म रिलिजमा अदालत बाधक बनेको थियो। तर, विहीबार भने दुवै फिल्मका निर्माताबीच कागजी सहमतिका आधारमा शुक्रबार एक्टर टेक वन रिलिज भएको छ भने अदालतमा लगाएको मुद्दा फिर्ता लिने काम पनि भयो। 

यो विषयमा धेरै कलाकारले धारणा राखेका छन्। एक्टर टेक वनकी अभिनेत्री दिव्या रायमाझी त एउटा पत्रकार सम्मेलनका क्रममा भावुक नै बनेकी थिइन्। 

ऋचा शर्मा, प्रियंका कार्कीलगायतका कलाकारले यो गलत नजीर बसेको सार्वजनिक टिप्पणी गरेका थिए। 

यहि क्रममा सफल मानिएका निर्देशक निश्चल बस्नेतले पनि धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नेपाली फिल्म उद्योगमा गलत नजीर स्थापित हुने शंका व्यक्त गरेका छन्। 

बस्नेत भन्छन्,‘एक्टर र एक्टर टेक वनको लफडाले गलत नजीर बस्ने सम्भावन धेरै छ। आर्थिक लेनदेनले जुटाएको सहमति हो भने धेरै चलचित्रकर्मीलाई अफ्ठ्यारो पर्नेछ आउने दिनहरुमा।’

बस्नेत अगाडि भन्छन्,‘होईन र सहमतिमात्र भएको हो भने दुख दिनलाई रिलिज बिगार्नलाई यस्तो हर्कत हुनसक्छ। यत्रो सब भईरहदापनि न निर्माता संघको धारणा आयो न निर्देशक समाजको न बिकास बोर्डको। दुई फिल्मको ईगोको लडाई मात्र समझिएपछी कस्को के लाग्छ। फिल्म दर्ता प्रणालीमा ठूलो भ्वाङ रहेछ, नामको पनि कपिराईटलाई ब्यवस्थित गर्नुपर्ने रहेछ भन्ने कुरा कसैले सम्झाईदिनुहोला है!’  

उनले क्षतिपूर्तिको प्रश्न उठाउँदै भनेका छन्,‘अनि साँच्चै , यो दुई चलचित्रको सहमतिमा यो दुई छुट्टिको दिनमा भएको ब्यापार घाटाको क्षतिपूर्तिको कुरा भयो कि भएन?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन