Nic Ad Nic Ad
Nic Ad Nic Ad

Exclusive : गायिका एलिना चौहानद्वारा पतिविरुद्ध डिभोर्स मुद्दा दर्ता (फिरादपत्र सहित)

शुक्रबार, माघ १८, २०८१

काठमाडौँ-  गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् । आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए । एलिनाका पति अहिले अस्ट्रेलिया बस्छन् । विवाहपछि अस्ट्रेलिया गएकी एलिना दशैंअघि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी रेकर्डिङ र मेला–महोत्सवमा व्यस्त छिन् ।

पतिले अनेक शंका–उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । ​केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो ।

यस्तो छ फिरादपत्र

Messenger_creation_1226E75B-0F9B-499D-ADD9-A86A207C7407-1738321157.jpeg
Messenger_creation_4F17009B-4C98-44E2-A4E7-44B9022CC3F6-1738321157.jpeg
Messenger_creation_D7F99D4D-3609-4A97-83F4-8896FBF7DA26-1738321157.jpeg
 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्