Nic Ad Nic Ad
Nic Ad Nic Ad

ऊर्जा दक्षता कार्यक्रमको संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर

शुक्रबार, माघ १८, २०८१

काठमाडौँ- नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था, जीआइजेड नेपालद्वारा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम-नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तीकरण रिप-ग्रिन कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ। 

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि युरोपियन युनियनका प्रतिनिधि मण्डलका प्रमुख जोसे लुइस विनुएसा-सान्तामारिया, काठमाडौँस्थित जर्मन दूतावासका उप-प्रमुख बेन्जामिन साइडल तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो।

नेपाल र जर्मन सरकारबीच २३ जनवरी २०२४ मा भएको प्राविधिक सहयोग सम्झौतालाई यस कार्यक्रमले औपचारिकता प्रदान गर्ने जनाइएको छ। जसअन्तर्गत थप ६ मिलियन युरो बराबरको वित्तीय सहयोग र तीन वर्षको परियोजना विस्तारको सहमति भएको जनाइएको छ। 

जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिँचाई मन्त्रालयद्वारा सञ्चालित रिप-ग्रिन परियोजनामा जर्मन विकास सहयोग-जिआइजेडले प्राविधिक सहयोग दिँदै आएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्