Nic Ad Nic Ad
Nic Ad Nic Ad

९० मेगावाटको मर्स्याङदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंकले साढे १० अर्ब लगानी गर्ने

शुक्रबार, माघ १८, २०८१

काठमाडौं  - ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले  साढे १० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागको छ । कुमारी बैकको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा माघ १८ गते शुक्रबार हस्ताक्षर भएको हो । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा सो आयोजना निर्माण हुनेछ । 

कुमारी बैक, प्रभु बैक, कृषि बिकास बैक र सिद्धार्थ बैकको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता गरिएको हो  । हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ ।

निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ । प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैकले ४ अर्ब, प्रभु बैकले ३ अर्ब, सिद्धार्थ बैकले २ अर्ब र कृषि बिकास बैकले १ अर्ब ५ करोड लगानी गर्नेछन् ।

स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पुर्व आवश्यक अध्ययन अगाडी बढाएको कम्पनीका अध्यक्ष अनुप आचार्यले बताए । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना २२ मेगवाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कातिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । आयोजनाले व्यपारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ । आयोजना प्राविधिक प्ररामर्शदाता क्लिन इन्ज कन्सलटेन्स प्रालि रहेको छ । 

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेस भएको छ कम्पनीका अध्यक्षले बताए । 

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०-१३२ केभी मा जोडिने छ ।


 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्