Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिदेशीय महिला टी–२० क्रिकेट : नेपाल थाइल्याण्डसँग भिड्दै

शनिबार, माघ १९, २०८१

काठमाडौं- नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेशीय श्रृंखलामा आज (शनिबार) नेपालले थाइल्याण्डको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । जारी श्रृंखलामा नेपालको यो दोस्रो खेल हुनेछ ।

आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले हारेको नेपाल आज पुनरागमन गर्ने योजनामा हुनेछ । नेदरल्यान्ड्स विरुद्ध १५८ रनको लक्ष्य पछ्याएको नेपालले १३७ रन मात्र बनाउन सकेको थियो । सो खेलमा अन्डर–१९ टिमकी कप्तान तथा अलराउन्डर पूजा महतोले आक्रामक इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्ने सकेनन् ।

बलियो टोली थाइल्याण्डलाई पराजित गर्न आज कप्तान इन्दु बर्मा चल्नु आवश्यक छ । त्यस्तै रुविना क्षेत्री, बिन्दु रावल र सम्झना खड्काबाट टिमले राम्रो ब्याटिङ प्रदर्शनको अपेक्षा गरेको छ । सीता राना मगरको फिटनेटसमा समस्या छ ।
थाइल्याण्ड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

उसले नेदरल्यान्ड्स विरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य उसले १८ ओभरमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो । आईसीसी महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा थाइल्यान्ड १६ औं र नेपाल २० औं स्थानमा छ । दुई टोलीबीच खेलिएका तीन टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालले थाइल्याण्डलाई हराउन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्