Nic Ad Nic Ad
Nic Ad Nic Ad

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारत एक खेल अघिनै विजयी

शनिबार, माघ १९, २०८१

काठमाडौँ - भारतले इङल्याण्डविरुद्धको जारी टी-२० सिरिज एक खेल अघि नै जितेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा भारतले इङल्याण्डलाई १५ रनले पराजित गरेर सिरिज ३-१ ले जितेको हो ।

भारतले दिएको १८२ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.४ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो । इङल्याण्डका लागि ह्यारी ब्रुकले सर्बाधिक ५१ रन बनाएका थिए । त्यस्तै बेन डकेटले ३९ रन र फिल साल्टले २३ रन बनाएका थिए । त्यस्तै भारतका बलर रवि विश्नोई र हर्षित रानाले ३-३ विकेट लिएका थिए भने वरुण चक्रवर्तीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डेय र शिवम दुवेले ५३-५३ रन बनाएका थिए भने रिंकु सिंहले ३० र अभिषेक शर्माले २९ रन बनाएका थिए ।

योजितसँगै भारतले पहिलो दोस्रो र चौथो खेल जितेर सिरिज ३-१ ले जितेको छ । इङल्याण्डले सिरिजको तेस्रो खेल जितेको थियो ।

अब सिरिजको अन्तिम तथा पाँचौं खेल आइतबार मुम्बईमा हुने छ ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार