Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद्‌मा भ्रम छर्दै प्रधानमन्त्री ओली

शनिबार, माघ १९, २०८१

काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शुक्रबार दिउँसो सुरू भएको अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिक एप नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपहरूमा पहिलो नम्बरमा रहेको भन्दै झुट बोलेका हुन् ।

तर प्रधानमन्त्री ओलीले भने जस्तो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने एप भने नागरिक एप होइन् हाम्रो पात्रो हो ।

संसद्‌मा नागरिक एप ५६ लाख २६ हजार जनाले डाउनलोड गरेको भन्दै प्रधानमन्त्री ओलीले झुट बोलेका छन् ।

'नागरिक एप नेपालमा सबैभन्दा बढी डाउनलोड हुने नेपाली एपहरूमा पहिलो नम्बरमा छ' प्रधानमन्त्री ओलीले झुटो विवरण दिँदै भने 'हालसम्म ५७ लाख २६ हजार जनाले डाउनलोड गरेका छन् ।'

तर यो समाचार तयार पार्दासम्म हालसम्म नागरिक एप १० लाख बढीले डाउनलोड गरेका छन् भने हाम्रो पात्रो एक करोड बढीले डाउनलोड गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार