Nic Ad Nic Ad
Nic Ad Nic Ad

कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति मृत भेटिए

शनिबार, माघ १९, २०८१

काठमाडौँ- कञ्चनपुरमा नेपाली काँग्रेस नगर सभापति मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिकाका सभापति अच्युत कलौनीको शनिबार बिहान भीमदत्त नगरपालिका-१८ को मामा भान्जा चोक नजिकै घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

कलौनीको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्