Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाथीभरा क्षेत्रको केबलकार निर्माणको विवादबाट पछि हट्यो गृह मन्त्रालय, यस्तो छ विज्ञप्ति

शनिबार, माघ १९, २०८१

काठमाडौ - सरकारले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याको आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

गृह मन्त्रालयले केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्ने भएकोले यस्तो जिम्मेवारी दिएको हो।

जारी विज्ञप्तिमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन भनेको छ। 

गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गरेका छन्।

IMG_20250201_101444-1738384677.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार