Nic Ad Nic Ad
Nic Ad Nic Ad

झापाको ‘अमला काण्ड’को तथ्य यस्तो छ, यस प्रकरणले भन्छ– सामाजिक सञ्जाल विधेयक जायज छ

असंवेदनशिल सामाजिक सञ्जाल नियमन गर्न आवश्य छ कि छैन?
शनिबार, माघ १९, २०८१

काठमाडौं– सरकारले सामाजिक सञ्जाल नियमन र नियन्त्रणका लागि ल्याएको विधेयकको बिरोध भइरहेका बेला झापामा ‘अमला काण्ड’ भनी अनेक मिम र भिडिओहरू बनिरहेका छन्। यसले एक जना बृद्ध र मानसिक रोगी समेत रहेकी युवतीको चरित्र हत्या भइरहेको छ। 

खासगरी यस प्रकरणको यो चर्चाले सरकारले ल्याएको विधेयक पारित गराउन आवश्यक हुने तर्क वितर्क पनि चलिरहेका छन्। सामाजिक सञ्जाल

फेसबुक, रिल, इन्स्टादेखि टिकटकसम्म यस प्रकरणको चर्चा कम छैन। 

खासगमा यो प्रकरण के हो? यसको तथ्य पहिल्याउने कोशिश गरिएको छ।

अमला काण्डको यही चर्चा झापाको एक घटनामा गएर जोडिएको छ। जहाँ २१ वर्षीय अविवाहित युवतीले केही दिनअघि एक सन्तानलाई जन्म दिइन्।

ती युवतीलाई करकाप गरेपछि बच्चाको बुबा गाउँकै एक ७९ वर्षीय वृद्ध रहेको बताइन्।

सो घटनालाई थप खुलाउने भन्दै युट्युबरहरू युवतीको गाउँमा नै पुगेका छन्। यसपछि युवती, शिशु र आरोपी वृद्धको तस्बिर, अन्तर्वार्ताको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

युवतीका बुबाले अन्तर्वार्तामा भने अनुसार युवती विगत लामो समयदेखि मानसिक रूपमा अस्वस्थ थिइन्। 

युवतीका बुवाले भनेका छन्,‘जहाँ पायो त्यहीँ जाने गर्थी। दिनभरि ज्याला मजदुरी गरेपछि साँझमा छोरीलाई खोज्न निस्किनुपथ्र्यो।’

अहिले भने नियमित औषधि खुवाएकाले छोरी होसमा रहेको उनी बताउँछन्। भएको एउटा छोरो सुधार केन्द्रमा रहेको र छोरी मानसिक रूपमा अस्वस्थ भएका कारण श्रीमान्, श्रीमती मिलेर ज्याला मजदुरी गरेर घर चलाउँदै आएको उनले सुनाएका छन्।

बुबाको पहिचान दिन नसक्दा नवजात शिशुको न्वारान गर्न नसकेको उनी बताउँछन्।

यता युवतीले आरोप लगाएका वृद्ध भने आफूले करिब ५० वर्ष पहिले नै ‘परिवार नियोजन’ गरिसकेकाले आफू बुबा बन्न नसक्ने भन्दै अस्वीकार गर्छन्। 
युवतीको घरको बाटोबाट हिँड्ने गरेको स्वीकार गरे पनि नवजात शिशुको बुबा आफू नरहेको उनले बताउने गरेका छन्।

अन्तर्वार्ताकै क्रममा युवतीका आफन्तले ती वृद्ध अमला लिएर आउने र युवतीलाई दिएर फकाउने गरेको बताउँछन्। युवतीले पनि एक भिडिओमा भनेकी छिन्, ‘अमला खाने, अमला खाने? कति पैसा चाहियो भन्नुहुन्थ्यो।’

त्यही कुरा वृद्धलाई सोध्दा उनले भनेका छन्, ‘अमला त बोटमा हुन्छन्। त्यहाँ (युवतीको घर) पुराएको होइन। त्यतिकै आरोप लगाएको मात्रै हो। म युवतीको घरतिरको बाटोबाट हिँडिरहने भएकाले आरोप लगाएको हुनसक्छ।’

सामाजिक सञ्जालमा अमलाको तेलको बोतलमा आरोपी वृद्धको फोटो राखेर भाइरल बनाउने काम भएका छन्। कतिपयले शिशुको वृद्धसँगको फोटोलाई तुलना गर्दै ‘अनुहार मिलेछ’ भन्दै राखिरहेका छन्।

युवतीका बुवा भन्छन्,‘एकदिन साँझ मैले उनलाई छोरीको खाट नजिकै देखेको थिएँ। उनले अमला खान्छौ, केही पैसा चाहिन्छ? भनिराखेको सुनेँ।’
अहिले युट्युवरका लागि यो खेतीपाती र डलर झार्ने बाटो बनेको छ। उनीहरु युवतीलाई सोध्छन्,‘शारीरिक सम्बन्ध कहाँ भयो? अरूसँग शारीरिक

सम्बन्ध राख्नु भयो? तपाईँ कन्फर्म हुनुहुन्छ? तपाईँको स्वास्थ्य ठीक त छ नि? भोलि गएर आफ्नो बोली त परिवर्तन गर्नुहुँदैन नि?’

युवतीका बुबाका अनुसार औषधि नियमित सेवन नगरे अहिले पनि युवतीको होस रहँदैन। 

अर्थात् गर्भ रहेको समयमा युवतीको मानसिक स्वास्थ्य पूर्ण रूपमा स्वस्थ थिएन। युवती अहिले पनि औषधि सेवन गरिरहेकी छिन्।

करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा २ (ख) ले होस ठेगानमा नरहेको बेलामा यौन सम्बन्धका लागि लिएको मञ्जुरीलाई मञ्जुरी नमानिने अर्थात् जबरजस्ती करणी मानिने उल्लेख गरेको छ।

यस्ता प्रकरणका कारण नै सामाजिक सञ्जाल नियमन गर्नु आवश्यक छ किनभने यसले समाज, राजनीति, अर्थतन्त्र, र व्यक्तिगत जीवनमा गम्भीर प्रभाव पार्न सक्छ।

सामाजिक सञ्जालमा गलत सूचना (mष्कष्लायचmबतष्यल) र भ्रामक प्रचार (मष्कष्लायचmबतष्यल) तीव्र रूपमा फैलिन सक्छ। यस्तो जानकारीले समाजमा भ्रम, अशान्ति, र द्वन्द्व सिर्जना गर्न सक्छ।

जातीय, धार्मिक, वा राजनीतिक रूपमा उत्तेजित गर्ने सामग्रीहरू सजिलै फैलिन सक्छन्, जसले हिंसा भड्काउने सम्भावना रहन्छ। नियमनले यस्तो सामग्री रोक्न सहयोग गर्छ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको व्यक्तिगत डेटा संकलन गरिन्छ, जुन गलत प्रयोग हुन सक्छ। साइबर अपराध, हैकिङ, तथा पहिचान चोरी जस्ता समस्याहरू रोक्न नियमन आवश्यक छ।

सामाजिक सञ्जालमा बालबालिकाहरूलाई हानिकारक सामग्री देखाउने, अनलाइन दुव्र्यवहार, साइबर बुलिङ जस्ता समस्याहरू बढ्दै गएका छन्। यसलाई रोक्न नियमन जरुरी छ।

सामाजिक सञ्जालमा विभिन्न प्रकारका विभेदजनक र घृणास्पद पोस्टहरू देखिन्छन्, जसले समाजमा गलत प्रभाव पार्न सक्छ। नियमनले यस्तो गतिविधि नियन्त्रण गर्न मद्दत गर्छ।

देशको आन्तरिक सुरक्षालाई असर गर्ने, आतंकवादी समूहहरूद्वारा प्रचार गर्न प्रयोग हुने, वा चुनावमा गलत प्रभाव पार्ने सामग्री नियन्त्रण गर्न सरकारले नियमन आवश्यक देख्न सक्छ।

नक्कली एकाउन्ट (ाबपभ बअअयगलतक) र बोटहरू (दयतक) मार्फत गलत सूचना फैलाउने तथा जनमतलाई प्रभावित पार्ने प्रयासहरू रोक्न नियमन आवश्यक छ।

सामग्री छानबिन र हटाउने कानुनी प्रक्रिया, डिजिटल सुरक्षाका लागि कडा गोपनीयता नीति, सामाजिक सञ्जाल कम्पनीहरूलाई जवाफदेही बनाउने कानुन, बालबालिकाका लागि सुरक्षित इन्टरनेट नीति, साइबर अपराध नियन्त्रण गर्न कडा नियम आवश्यक रहेको प्राविधि क्षेत्रका विज्ञ बताउँछन्। 

सामाजिक सञ्जाल स्वतन्त्रताको आधारमा चल्नुपर्छ, तर जब यसको दुरुपयोग समाजलाई हानिकारक हुन्छ, तब प्रभावकारी नियमन अपरिहार्य हुन्छ। सही नियमनले अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्दै सामाजिक सञ्जाललाई सुरक्षित र जिम्मेवार बनाउन मद्दत गर्छ।
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्