Nic Ad Nic Ad
Nic Ad Nic Ad

गायिका एलिना चौहानले टिकटकमा दिएकी थिइन् यातना पीडित भएको यस्तो सांकेतिक सन्देश

विष्णु सापकोटासँग कुनै पनि सम्पत्ति नलिनेगरी डिभोर्स
शनिबार, माघ १९, २०८१

काठमाडौं– गायिका एलिना चौहानले जिल्ला अदालत काठमाडौंमा पति विष्णुसापकोटासित सम्बन्ध बिच्छेद (डिभोर्स)को मुद्दा दायर गरेपछि अनेक कोणबाट विश्लेषण र टिकाटिप्पणी हुन थालेका छन्।

गएको वैशाख ५ गते विवाह गरेको यो जोडीको सम्बन्ध १० महिना मात्र टिक्यो। तर, खटपटचाहिँ बिहे गरेको एक महिनामा नै हुने गरेको स्पष्ट संकेत मिलेको थियो। 

त्यसको प्रमाण जेठ २९ गते एलिनाले टिकटकमा राखेको एउटा भिडिओ थियो। 

उनले निलडामसहितको भिडिओ राखेकी थिइन्। उक्त भिडिओ सामाजिक सञ्जालको इन्टाग्राममा पनि राखिएको थियो।

भिडिओमा उनको अनुहारमा नीलडाम देखिन्थ्यो।

उनले एक हिन्दी गीतमा भिडिओ बनाएकी थिइन्। गीतको बोल थियो– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे।’

एलिनाले उक्त भिडिओको क्याप्सनमा लेखेकी थिइन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ।’ यो क्याप्सन अर्थपूर्ण देखिन्थ्यो।

एलिनाको रोएको त्यो भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका थिए। कतिपयले पति–पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका थिए।

कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने भन्दै टिप्पणी गरेका थिए। धेरै जनाले के भयो भने प्रश्न सोधिरहेका थिए।

त्यसो त उनले दर्ता गरेको डिभोर्सको निवेदनमा पनि अस्ट्रेलियामा पुगेको तीन महिनामा नै पति विष्णु सापकोटाले शंका उपशंका गरेको र मानसिक यातना दिएको बताएकी छन्।

यहाँसम्मकी उनले कुनै पनि सम्पत्ति नलिनेगरी डिभोर्सको मुद्दा हालेको बताइएको छ। यस विषयको जानकारी प्रकाश सुवेदीले आफ्नो कार्यक्रममार्फत दिएका थिए।

यस विषयमा एलिनाका पति रहेका सापकोटाको कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन। उनी अस्ट्रेलियामा फर्निचरको व्यापार गर्छन् भने गीतकारका रुपमा पनि चिनिएका छन्। 

एलिनासँग बिहे गर्नका लागि बाग्लुङबाट सापकोटाले जन्ती लिएर झापा पुगेका थिए। 
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्