थाइल्याण्डविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ- अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत थाइल्याण्डविरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपालको आजको खेल जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो।
पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।
थाइल्याण्डले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध ८ विकेटको सानदार जित निकालेको थियो।
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१ १२:३०
प्रतिक्रिया दिनुहोस्