डिभोर्स मुद्दा दायर गरेको बाहिरिएपछि के भन्छिन् गायिका एलिना चौहान? (भिडिओ)
काठमाडौं– जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स)को मुद्दा दायर गरेको विवरण बाहिरिएपछि गायिका एलिना चौहानले पहिलो पटक प्रतिक्रिया दिएको भिडिओ बाहिरिएको छ।
उनले परिवारको सहमति र सल्लाहका आधारमा नै डिभोर्सको निर्णयमा पुगेको बताएकी छन्। बिहे ७ जुनीसम्मका लागि हुने बताएकी उनले हतारमा
लिएको निर्णयले दुर्घटना हुनुभन्दा स्थिति असहज हुनुअघि नै छुट्टिने निधोमा पुगेको बताएकी छन्।
गत वैशाख ५ गते बिहे गरेकी उनले सम्बन्ध लामो समयसम्म नराख्ने निधो गरेकी छन्। यस्तो छ उनको भिडिओ।
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१ १३:१९
प्रतिक्रिया दिनुहोस्