नेभिगेशन
राजनीति

गगन थापाको स्पष्ट तर्क– मन्त्री बन्ने कांग्रेस अनि काम कसले गरिदिन्छ त?

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री बनेका कांग्रेसका प्रतिनिधिले राम्रो अंक ल्याउनेगरी काम गर्न निर्देशन दिएका छन्। 

शनिबार एउटा कार्यक्रममा उनले भने,‘यो हामीले काम गरेर देखाउने मौका हो। मन्त्रीचाहिँ कांग्रेसको बनेपछि अर्काले काम गरिदिन्छ त?’

उनले मन्त्री र जनप्रतिनिधिहरुलाई ०८४ मा गरौंला भनेर नपर्खिन आग्रह गरे। ‘कांग्रेसले ०८४ मा गर्छु भन्ने होइन। अहिले मौका आएको छ अहिले गर्नुपर्छ’, उनले अघि भने, ‘०८४ मा त रिपोर्ट कार्ड लिएर जाने हो। यति गर्छौं भनेका थियौं, यति गर्न सक्यौं भनेर नागरिककहाँ जाने हो।’

उनले अहिले संघीय सरकारमा बसेर कांग्रेसले बनाउने रिपोर्ट कार्डमा राम्रो अंक ल्याउने गरी काम गरिरहेको दाबी पनि गरे। अहिले काम गरेर ०८४ को चुनावमा जाने तयारी कांग्रेसको रहेको उनको भनाइ छ।

कांग्रेसका मन्त्रीले काम गर्न पाइँन, वातावरण भएन भन्ने अवस्था नरहेको थापाको स्पष्ट तर्क थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति