Nic Ad Nic Ad
Nic Ad Nic Ad

लागू औषध मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

शनिबार, माघ १९, २०८१

पर्सा- लागू औषध मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । 

रौनियारलाई जिल्ला अदालत पर्साको २०६१ असार १३ गते गतेको फैसलाले लागू औषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । उक्त ठहरपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ नगवाबाट बिहीबार पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेस गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्