नेभिगेशन
समाज विविध

ठमेलमा आगलागी, ६५ लाखको क्षति

काठमाडौँ- स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु. ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौँ महानगरपालिका-२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता