Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला त्रिकोणात्मक टी- २० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

आइतबार, माघ २०, २०८१

काठमाडौँ - त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० अन्तराष्ट्रिय शृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।

खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।

शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्