सलाहको दुई गोलमा लिभरपुल विजयी
काठमाडौँ - इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा दुवै गोल मोहमद सलाहले गरेका थिए । यी दुई गोलसँगै सलाहले यस सिजनमा आफ्नो २१ गोल पुरा गरेका छन् । साथै सलाहले प्रिमियर लिगको अल टाइम उच्च गोल स्कोररको सुचीमा चेल्सीका पुर्व खेलाडी फ्र्यांक लामपार्डको १७७ गोलको रेकर्डलाई उछिनेका छन् । सलाहले प्रिमियर लिगमा १७८ गोल गर्दै यस सूचीमा छैटौं स्थानमा उक्लिएका छन् । यस सूचीको शिर्ष स्थानमा २६० गोलसहित एलान शीरेर रहेका छन् ।
यो जितपछि लिभरपुलको २३ खेलमा ५६ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरी बोर्नमाउथको २४ खेलमा ४० अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ ०७:५५
प्रतिक्रिया दिनुहोस्