Nic Ad Nic Ad
Nic Ad Nic Ad

लोकप्रिय गायक महेश बुढाथोकीको ‘राम साँईली’ सार्वजनिक

आइतबार, माघ २०, २०८१

काठमाण्डौ। पूर्वीय लोकगीतमा ख्याति कमाएका लोक गायक महेश बुढाथोकीको ‘राम साइँली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुसको अन्तिम सातातिर छाँयाङ्कन सकिएको गीतको भिडियो म्युजिक नेपालले हिजो सार्वजनिक गरेको हो ।

बुडाथोकीका यसअघिका ‘काफल गेडी कुटुक्कै‘, ‘होस गर है सोल्टिनी‘, ‘हलो अड्काउँदै‘ जस्ता गीतहरू चर्चित छन् । बुढाथोकीले यसपटक दर्शक तथा स्रोतालाई अलिक फरक स्वाद दिन खोजेका छन् । यसपटक उनले मगर जातीमा प्रचलित हुर्रा भाकाको ‘राम साँईली’लाई सार्वजनिक गरेका हुन् ।

राम साइँली गीतको स्वरमा बुढाथोकीलाई बबिना भट्टराईले साथ दिएकी छन् । शब्द, भाका सङ्कलन स्वयं बुढाथोकीले गरेका हुन् भने संगीत एरेन्ज अशोक राईले गरेका छन् ।

भिडियोमा कलाकारहरू बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाईने छ ।

म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादन, पूजा तामाङले नृत्य कोरियोग्राफी गरेकी छिन् भने भिडियोलाई ईश्वर दुलालले निर्देशन गरेका हुन् । पत्रकारिता पेसामा रहेका दुलालको यो डेब्यु निर्देशन पनि हो ।

भिडियोः
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्