Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

आइतबार, माघ २०, २०८१
samridhi jewllers

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।

लालितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि जारी बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन् । बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना, जनतासँग जसपा नेपाललगायत विषयमा छलफल भइरहेको छ । 

बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने छन् । पार्टीको आगामी योजनाबारे धारणा बनाउँदै बैठक आजै समापन गर्ने तयारी छ । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्