Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले स्थानीय नेता तथा म्याग्दीका जिसस प्रमुख थापा सहकारी ठगी प्रकरणमा पक्राउ

आइतबार, माघ २०, २०८१

काठमाडौं– जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहकारी ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।

नेकपा एमालेका स्थानीय नेता थापाले कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप लागेको छ।

थापालाई गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो।

सहकारीको रकम थापापिहतका सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्