Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिदेशीय महिला टी–२० : नेपालविरुद्ध नेदरल्याण्ड्स ब्याटिङमा

आइतबार, माघ २०, २०८१

काठमाडौं– त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाल र नेदरल्याण्ड्स मैदानमा रहेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको छ ।

तेस्रो खेल खेलिरहेको नेपाल आज पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स दोस्रो जित निकाल्ने योजनामा छ ।

नेपाल श्रृङ्खलाको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिवार थाइल्याण्डसँग पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।


जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डले दुई अंकसहित दोस्रोमा छ । नेपाल भने अंक विहीन छ ।

आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छन् ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्