नेभिगेशन
मनोरञ्जन

अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहेमा दरार आएको हो? यस्ता छन् संकेत र अड्कलबाजी

काठमाडौं– गायिका एलिना चौहानको विष्णु सापकोटासँग सम्बन्धमा खटपटपछि भएको सम्बन्ध विच्छेदसम्बन्धी चर्चा सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे संकटमा परेको हल्ला चलेको छ।

लम्सालले विवाहका तस्वीर सामाजिक संजालबाट हटाएपनि विभिन्न अड्कल र अनुमान सुरु भएका छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन्।

यी दुईजनाले भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा विवाह गरेका थिए। फोटो हटाउने मात्र होइन, इन्स्टाग्राममा एकअर्कालाई पछ्याएको देखिँदैन। 

श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन्। उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन्।

विवाहको ६ महिना पनि नबित्दै उनीहरुको सम्वन्धमा दरार आएको बताइन्छ। श्रीमानले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेकी छन्।

विवाह गरेको भोलिपल्टै यो जोडी प्रकाश सुबेदीको टेलिभिजन शोमा पुगेको थियो। युवराजले आफू अब अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए। अहिलेसम्म उनी नेपालमै छन्।

अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन्। ती तस्वीर भिडिओहरु अहिले देखिँदैनन्। बरु उनको पहिलो श्रीमान अमित अर्यालसँगको प्रशस्त तस्वीरहरु अझै पनि छन्। इन्स्टाग्राममा अरुणिमा र युवराजले एक–अर्कालाई फलो गरेको देखिँदैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन