Nic Ad Nic Ad
Nic Ad Nic Ad
फ्यानसँग मस्ती

गायक उदितनारायण झाले फ्यानलाई गरे ‘लिप किस’, विवादमा आएपछि यस्तो दिए प्रतिक्रिया (भिडिओ )

आइतबार, माघ २०, २०८१

काठमाडौं– एउटा कन्सर्टमा आफ्नी युवती फ्यानलाई ‘लिप किस’ गरेका कारण गायक उदितनारायण झा अहिले विवादमा तानिएका छन्।

बलिउडमा ८० को दशकमा डेब्यु गरी ९० को दशकमा प्रख्याती कमाएका झाले गालामा किस गर्ने युवती फ्यानलाई लिप किस गरिदिएको भिडिओ सार्वजनिक भएको हो।

यो भिडिओे हालैको रहेको पत्ता लागे पनि कहाँको हो भन्ने खुलेको छैन। 

भिडिओेमा उदितले एक कन्सर्टमा ‘टिप टिप वर्षा पानी...’ बोलको गीत गाइरहेको देखिन्छ। 

गाउने क्रममा उनले आफूसँग सेल्फी खिच्न चाहने युवतीहरूलाई नजिक बोलाउँछन्। एक युवतीले सेल्फी खिचेपश्चात उदितले उनलाई आफूतिर खिच्छन् र युवतीले उनलाई गालामा चुम्छिन्। 

लगत्तै उदितले ती युवतीलाई ओठमा दह्रो किस गर्छन्। महिला प्रशंसकले उनलाई गालामा चुम्बन गरेपछि उदित नारायणले घुँडा टेकेर सोही महिलालाई ओठमा चुम्बन गरेका थिए। 

यो दृश्य पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र यसले विभिन्न प्रतिक्रियाहरूको श्रृंखला सुरु गरेको छ।

भिडिओेमा उदितले यसरी किस गर्दा ती युवती खुशीले रमाएको भिडिओमा देख्न सकिन्छ। साथै भिडले पनि हुटिङ गर्दै उनलाई उक्साइरहेका छन्। उदितले अरू केही महिलालाई पनि यसरी तान्दै किस गरेको देखिन्छ।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा भारतीयले उदितको चर्को आलोचना गरिरहेका छन्।

सुरूमा कतिपयले यो भिडिओ एआई निर्मित भएको आशंका गरेका थिए, तर उदित स्वयम्ले यो आफ्नै भएको पुष्टि गरेका छन्। हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले यसलाई ठूलो ‘इश्यु’ नबनाउन आग्रह गरे ।

उनले भनेका छन्, ‘फ्यानहरू एकदम दिवाना हुन्छन्। हामी यस्तो खालका होइनौं। हामी भलाद्मी मान्छे हौं। केही व्यक्तिले आफ्नो प्रेम विभिन्न तरिकाले देखाउँछन्। यस्तो कुरालाई बढावा दिएर फाइदा छैन । यसमा ध्यान नदिँदा राम्रो हुन्छ।’

सामाजिक सञ्जालमा यो भिडिओ भाइरल भएपछि, प्रशंसकहरूबीच मत विभाजित छ। 

केहीले यो घटनालाई गायकको व्यक्तिगत स्वतन्त्रता र प्रशंसकसँगको नजिकको सम्बन्धको रूपमा लिएका छन् भने अन्यले सार्वजनिक मञ्चमा यस्ता व्यवहारलाई अस्वीकार गर्दै आलोचना गरिरहेका छन्।

यस घटनाले उदित नारायणले लामो समयदेखि संगीत उद्योगमा बनाएको अमुल्य छवि र लोकप्रियतामा असर पार्ने प्रवल सम्भावना देखिएको छ ।

उदितले आफूले नै यसलाई खासै नदिनु यो सामान्य कुरा हो भनेपछि यसले प्रशंसकहरूमा थप चासो र जिज्ञासा उत्पन्न गरेको छ। यसले उदित नारायणको व्यवहारका बारेमा थप प्रश्न उठाएको छ।

यो बारेमा अहिले धेरै थरि मिम समेत बनिरहेका छन्।

सामाजिक सञ्जालमा चलिरहेको बहसले गायकको व्यक्तिगत जीवन र पेशागत छविमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा चासोको विषय बनेको छ। 

आगामी दिनहरूमा उदित नारायणको प्रतिक्रिया र घटनाबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ। 

भिडिओ 

यस घटनाले संगीत उद्योगमा प्रशंसक र कलाकारबीचको सम्बन्धको जटिलता र सामाजिक मिडियाको प्रभावलाई पनि उजागर गरेको छ।

संगीतप्रेमी र प्रशंसकहरूको लागि यो घटनाले गायकको व्यक्तिगत र पेशागत जीवनको सीमाहरूको बारेमा सोच्न बाध्य बनाएको छ।

यसले भविष्यमा कलाकारहरूको व्यवहार र प्रशंसकहरूसँगको अन्तरक्रियामा कस्तो परिवर्तन ल्याउनेछ भन्ने कुरा पनि चासोको विषय बनेको छ।

सन् १९५५ मा नेपालको सप्तरी जिल्लाको भारदहमा जन्मिएका उदितले हालसम्म करीब ३२ भाषाहरूमा २५ हजार भन्दा बढी गीत गाएका छन्, जसमा २६० फिल्महरु हिन्दी भाषाका छन्। 

उनले पद्म श्री पुरस्कार पनि जितेका छन्। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपालको तत्कालिन राजा श्री ५ बीरेन्द्रबीर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कारबाट सम्मानित भएका थिए।

उदितले नेपाली आधुनिक गीत, फिल्मका गीतमा पनि उत्कृष्ट स्वर भरेका छन्। उनको गायन यात्रा रेडियो नेपालबाट सुरु भएको थियो भने नेपाली फिल्म ‘कुसुमे रुमाल’मा अभिनय गरेका थिए।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्