संसद बैठक चलिहँदा ढले कांग्रेस सांसद
काठमाडौं– उपल्लो सदनको बैठक चलिहरेका बेला आइतबार नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट ढलेका छन्।
राष्ट्रिय सभा बैठक चलिरहँदा उच्च रक्तचापका कारण बैठकमै कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन्।
उनी उक्त रक्तचाप र सुगरका बिरामी छन्। उनले बोल्नका लागि नाम टिपाएका थिए।
उनको उपचार राष्ट्रिय सभाको स्वास्थ्य कक्षमा भइरहेको बताइएको छ।
भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १५:०६
प्रतिक्रिया दिनुहोस्