Nic Ad Nic Ad
Nic Ad Nic Ad

टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

आइतबार, माघ २०, २०८१

काठमाडौं- काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृंखलाको चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । यो नेपालको लगातार तेस्रो हार हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२५ रन बनायो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन् । त्यस्तै ओपनर सम्झना खड्काले २३ रन जोड्दा पूजा महतोले १८ र कविता जोशीले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डच टोलीका लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई विकेट लिए । त्यस्तै इभा लिन्च र इसाबेला भान डेर वनिङको नाममा समान एक विकेट रह्यो । यसअघि नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको थियो । बिहीबार नेदल्र्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो ।

हारसँगै नेपालको उपाधि सम्भावना क्षीण बनेको छ । थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन्। हरेकले एकआपसविरुद्ध तीन खेल खेल्ने छन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्