Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियारलाई हर्कको पत्र- प्रदेश भौतिक मन्त्रीले धरान उपमहानगरको जानकारीबिना किन सडक पिच गरे ?

आइतबार, माघ २०, २०८१

धरान- धरान उपमहानगरपालिकाले धरान–१५ र धरान–४ जोड्ने काठेपुल क्षेत्रमा राति गरिएको कालोपत्रे कार्यबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ।

नगरपालिकाको जानकारी बिना नै माघ १९ गते राति ९:१० बजे देखि माघ २० गते बिहान ३ बजेसम्म भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगरका मन्त्री भुपेन्द्र राईको निर्देशनमा कालोपत्रे गरिएको विषयमा गम्भीर प्रश्न उठेको छ। नगरपालिकाले मध्यराति गरिएको उक्त कार्यको औचित्य स्पष्ट पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ईटहरीलाई लिखित रुपमा छानबिनका लागि अनुरोध गरेको छ।

नगरप्रमुख हर्कराज राईद्वारा हस्ताक्षरित पत्रमा धरान क्षेत्रमा राति कालोपत्रे गर्न नपाइने नियम उल्लङ्घन गरिएको भन्दै दोषीमाथि आवश्यक कारबाहीको माग गरिएको छ।

475001543_1840804906754246_1684239990106356503_n-1738493756.jpg
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्