नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा रम्तेल निर्वाचित
काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्।
शुक्रबार कीर्तिपुरमा भएको दोस्रो राष्ट्रिय सम्मेलन मार्फत रम्तेल निर्वाचित भएका हुन् । उपाध्यक्ष खुलामा ओमनारायण महतो र भरत ढकाल निर्वाचित भएका छन् ।
उपाध्यक्ष खसआर्यमा विशाल तिमिल्सिना र पिछडिएको क्षेत्रबाट सुभाष न्यौपाने, दलितबाट सन्तोष नेपाली, मुस्लिम महिलाबाट नागमा मिकरानी र आदिवासी जनजाति महिलाबाट मिना राई निर्वाचित भएका छन् ।
महासचिवमा खुलाबाट अनिल कुमार पटेल र महिला अनिवार्यमा आस्था नेपाली निर्वाचित भएका छन् । उपमहासचिव सुनिल धिताल र पशुपति ठाकुर निर्वाचित भएका छन् ।
सचिवमा टेकराज कँडेल, सुजन गर्तौला र रमेश देवकोटा निर्वाचित भएका छन् । कोषाध्यक्षमा सुरेन्द्र यादव निर्वाचित भएका छन् ।