Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्बजनिक बिदा

सोमबार, माघ २१, २०८१

बुटवल - लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।

प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिएकी छन् ।

उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ। लुम्बिनीमा २१ माघमा प्रदेश सभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्