Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूजा आइसिसी टिम अफ द टुर्नामेन्टमा

सोमबार, माघ २१, २०८१

काठमाडौं- नेपाली महिला टोलीकी कप्तान पूजा महतो यु १९ विश्व कपको टिम अफ द टुर्नामेन्टमा अटाएकी छिन् ।

आइतवार सकिएको विश्व कपमा सहभागी खेलाडी मध्ये उत्कृष्ट १२ खेलाडीमा नेपालकी कप्तान पूजा परेकी हुन् । टोलीमा पर्ने एसोसिएट राष्ट्रको खेलाडीमा पूजा एक्ली हुन् । उनले विश्व कप ५ खेलमा २३.३३ को औसतमा ७० रन बनाएकी थिइन् ।

पूजाको नाममा ९ विकेट समेत रहेको छ । टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २ तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन् ।

विश्व कपको उपाधि आइतवार भारतले जितेको थियो । भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ रनले पराजित गरेको थियो । विश्व कपमा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ नै खेल गुमाएको थियो ।

प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्