Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतका राजकुमार मंगलबार किन आउँदैछन् नेपाल?

सोमबार, माघ २१, २०८१

काठमाडौं– पहिलो कुटनीतिक सम्बन्ध विस्तार गरिएको बेलायतका राजकुमार एडवार्ड मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं उत्रिने भएका छन्।

पत्नी सोफियासहित उनी नेपाल आएर ५ दिन बिताउनेछन्। उनको भ्रमण कुटनीतिक नभएर निजी रहेको बताइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार मंगलबार दिउँसो आएर उनी शनिबार फर्कनेछन्। गृह मन्त्रालयले राजकुमार र उनको टिमको भ्रमणको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूको सुरक्षाका लागि पिएसओ खटाउने तयारी गरेको छ।

राजकुमार र उनको टिम माइती नेपाल, कीर्तिपुर आँखा अस्पताल, भक्तपुरको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । उनी घुम्नका लागि पोखरासमेत जानेछन् । 

बेलायती राजपरिवारको वेबसाइडमा उनीहरूले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्न लागेको जानकारी गत १४ जनवरीमा दिइएको थियो।

बेलायती राजसंस्थाले नेपाललाई दिएको यो पहिलो ग्राहयता भने होइन। हालै मात्र त्यहाँका राजा चाल्र्सको निजी सुरक्षामा नेपाली भूपू गोर्खा सैनिकलाई नियुक्त गरिएको थियो।
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्