Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपत्यका अपराध अनुसन्धान कार्यालयमा ३ र जिल्ला प्रहरी परिसर काठमाडौंमा २ एसपी, पहिला कति हुन्थे?

सोमबार, माघ २१, २०८१

काठमाडौं– मुद्दाको चाप बढी हुने उपत्यका अपराध अनुसन्धान कार्यालय (क्राइम डिभिजन)मा नेपाल प्रहरीले तीन जना प्रहरी उपरिक्षक (एसपी) खटाएको छ।

यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा भने दुई जना एसपी खटाएको हो। यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुई जना र परिसरमा एक जना एसपी खटाइएको थियो।

सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापना गरेको सूचीमा कुलदिप चन्दलाई परिसर काठमाडौं र मनोहर प्रसाद भट्टलाई अपराध अनुसन्धान कार्यालयमा खटाइएको हो।

यसअघि नै अपराध अनुसन्धान कार्यालयमा दुई जना र परिसरमा एकजना एसपी कार्यरत छन्। प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले पनि कामको चापलाई मध्यनजरमा राखेर कार्यालय र परिसरमा एसपी खटाइएको बताए।

जिल्ला परिसरमा एसपी अपिलराज बोहोरा कार्यरत छन् भने अपराध अनुसन्धान कार्यालयमा काजीकुमार आचार्य र अंगुर जिसी कार्यरत छन्।
यी कार्यालयहरुको प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रहने गरेका छन्। 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्