Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीलाई ‘ए प्लस बी’ को होल स्क्वायर’ को सूत्र सोधेपछि....

सोमबार, माघ २१, २०८१

काठमाडौं- सोमबार युवा विद्यार्थीसँग अन्तरक्रिया गर्न बसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकजना विद्यार्थीले अनपेक्षित प्रश्न गरेपछि कार्यक्रमको माहौल नै बदलियो ।

फोनिक्स इन्स्पिरेशन एण्ड एम्पेरियल वर्ल्ड स्कूलले प्रधानमन्त्रीसँग आयोजना गरेको साक्षात्कार कार्यक्रममा विद्यार्थीहरूले रमाइला प्रश्न गरेका थिए ।

कार्यक्रमको अन्ततिर ९ कक्षामा पढ्ने एकजना विद्यार्थीले प्रधानमन्त्री ओलीलाई एउटा यस्तो प्रश्न सोधे जसको प्रधानमन्त्रीलाई र आयोजकलाई समेत सम्भवतः अपेक्षा नै थिएन ।

ती विद्यार्थीले उभिएर प्रधानमन्त्रीलाई सोधे- सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो एकमात्र प्रश्न रहेको छ । मलाई गणित विषयको फर्मुलाले कहिलेकहिँ त टेन्सन नै दिन्छ । तपाईँलाई थाहा छ, ए प्लस बी को होल स्क्वायरको फर्मुला के होला ? थाहा छ भने कृपया बताइदिनुस् न ।

जवाफमा प्रधानमन्त्री ओलीले धेरै कुरा पुरानो गर्नुभयो भन्दै उतैतिर फर्किएर प्रश्न गरे- ए स्क्वायर प्लस टुएबी प्लस बी स्क्वायर हो ? यस्तै लाग्छ, तर धेरै पुरानो सम्झिन गाह्रो ।

तलबाट विद्यार्थीले हो भनेर ताली बजाएपछि प्रधानमन्त्री ओलीले जिन्दगीका जटिलतालाई पनि सूत्रबाट हल गर्न सिकाए ।

उनले भने- मेरो एउटा सल्लाह के छ भने सबै सूत्रहरू सबै फर्मूलाहरू ती सबै मान्छेले बनाएका हुन् । व्याकरणको होस् अथवा गणितको होस, अथवा विज्ञानका हुन्, यी सबै मान्छेले बनाएका र प्रमाणबाट संक्षिप्तीकरण गरेपछि फर्मुला बन्छ । बरु यी संक्षिप्तीकरण कसरी भयो भन्ने बुझ्नुपर्छ अनि सबै फर्मुला आउँछ । जिन्दगीलाई सहज बनाउने भने सबैभन्दा सजिलो सूत्रबाट जानुपर्छ । सूत्र जान्यो भने एउटै साँचोले धेरै ताला खोलेजस्तै धेरै सहज बनाउँछ । त्यसैले ताला खोल्ने साँचो जस्तो हो सूत्र भनेको हो ।

अन्तक्रियाका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सानो नातिको उदाहरण दिँदै भाषा कस्तो बनाउने भन्नेबारे राम्रो ज्ञान हुनुपर्ने जिकिर गरे ।

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्