Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ १ देखि गर्ने निर्णय

सोमबार, माघ २१, २०८१

काठमाडौँ- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुने गरी सरेको छ ।

स्थायी कमिटीको सोमबार सम्पन्न बैठकले महाधिवेशनको मिति सारेको प्रवक्ता तथा अनेरास्ववियुका सचिव प्रकाश पौडेलले जानकारी दिए । यसअघि चैतमा निर्धारित महाधिवेशन स्ववियु निर्वाचन चैत ६ गते आयोजना हुने भएकाले सार्नुपरेको अध्यक्ष समिक बडालले बताए ।

अखिल स्थापना दिवसकै अवसर पारेर महाधिवेशनको मिति सारिएको हो । अनेरास्ववियुको स्थापना २०२२ साल जेठ १ गते भएको थियो । संस्थापक अध्यक्ष विश्वकान्त मैनाली थिए ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्