Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडामाथि थप कर लगाउने ट्रम्पको चेतावनी

सोमबार, माघ २१, २०८१

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले २५ प्रतिशत कर लगाएपछि क्यानडाले विरोध गर्दै अमेरिकालाई पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'यदि क्यानडाले अमेरिकाले लगाएको करको बदला लियो भने, क्यानडामा थप कर लगाइनेछ ।'

उनले अमेरिकाका उत्तरी छिमेकीहरूले लामो समयदेखि अमेरिकाको अपमान गर्दै आएको बताएका छन् । ट्रम्पले भनेका छन्, 'म क्यानडाका जनतालाई माया गर्छु। म क्यानडाका नेताहरूसँग सहमत छैन, र त्यहाँ केही हुनेवाला छ ।' उनले भने, 'यदि उनीहरु खेल खेल्न चाहन्छन् भने मलाई यसमा कुनै समस्या छैन। हामी उनीहरूले खेल्न चाहेको जस्तोसुकै खेलको लागि तयार छौं ।'

ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत तथा चीनलाई १० प्रतिशत कर लगाउने घोषणा गरेसँगै क्यानडा र मेक्सिकोले जवाफी रुपमा अमेरिकालाई पनि कर लगाउने घोषणा गरेका छन् । त्यस्तै चीनले पनि ट्रम्पको निर्णयको विरोध गर्दै बदला लिने चेतावनी दिएको छ ।
    

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्