Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढ्यो हिमाल आरोहणमा खटिने कामदारको ज्याला 

सोमबार, माघ २१, २०८१

काठमाडौँ - सरकारले हिमाल आरोहणमा खटिने कामदारको ज्याला बढाएको छ । पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ मार्फत सरकारले हिमाल आरोहणमा खटिने कामदारले पाउने ज्याला बढाउने निर्णय गरेको हो ।

यसअघि दैनिक भत्ता ४ सय रुपैयाँ रहेको सरदारको ज्याला अब दैनिक १ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ । पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारले अब दैनिक १ हजार २ सय रुपैयाँ पाउने भएका छन् ।

यसअघि यस्ता कामदारको दैनिक ज्याला ३ सय ५० रुपैयाँ मात्र तोकिएको थियो । आधार शिविरमा खटिने कामदारको ज्याला दैनिक १ हजार पुगेको छ । यसअघि दैनिक ३ सय मात्र थियो ।

३ हजार ७ सय मिटरसम्म उचाइमा जाने स्थानीय कामदारलाई भने दैनिक ८ सय र त्यसभन्दा माथि जाने स्थानीय कामदारको ज्याला दैनिक १ हजार पुगेको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्