Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

मंगलबार, माघ २२, २०८१

काठमाडौँ- काठमाडौँको महाराजगन्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला चितवन माडी नगरपालिका घर भएका हाल जिल्ला मोरङ विराटनगर हलेसी टोलमा बस्दै आएको ४१ वर्षकी सरु अर्थात् सरस्वती भन्ने शिवकुमारी सापकोटा रहेकी छिन् ।

प्रहरीका अनुसार उनले मिति २०६५/०५/२६ गते दिउँसोको समयमा जिल्ला भक्तपुर नंखेल गा.वि.स वडा- १ काक्राबारी स्थित कच्ची सडकमा २७/२८ वर्षकी शान्ता घिमिरेलाई धारिलो हतियार (दाउ) ले टाउको तथा घाँटीमा प्रहार गरी हत्या गरेको थियो । 

हत्यापछि उनी फरार रहेकी विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार महाराजगन्जबाट पक्राउ गरेको हो । 

हाल उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत भक्तपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्