Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समितिको बैठक बस्दै

मंगलबार, माघ २२, २०८१

काठमाडौँ- तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ । जसमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लगेको हो ।

बैठक बिहान ११ बजे बस्ने कार्यतालिका रहेको छ । जसमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरूसँग छलफल हुनेछ ।

त्यसपछि विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्नेछ ।

अन्तिम दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्