कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै
काठमाडौं– नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सभापति र उपसभापतिका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिष्ठानले सोमबार पोखरामै प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख (उपसभापति)का लागि अभिमुखीकरण आयोजना गरेको थियो ।
प्रशिक्षणमा जिल्ला उपसभापति (जिल्लाको प्रशिक्षण विभागको जिम्मेवारी सम्हालेका) दुईमध्ये एकजनालाई मात्र बोलाइएको कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ १०:४५
प्रतिक्रिया दिनुहोस्