Nic Ad Nic Ad
Nic Ad Nic Ad

गीत मन पराएका दर्शकले ‘फेरि रेशम फिलिलि’लाई दिए सफलताको शुभकामना

मंगलबार, माघ २२, २०८१

गीत त्यसै हिट हुँदैन । गीत हिट हुन क्याची मेलोडी चाहिन्छ । ताकी लयले स्रोतालाई गुनगुनाउन प्रेरित गर्छ । शब्द एकदुई पटक सुन्दै कण्ठ हुने सरल हुनुपर्छ । अनि मात्रै गीत हिट हुन्छ । यस्तै गीत हो, फेरि जालमा ।

यो गीत रिलिज हुबित्तिकै ट्रेन्डिङमा प्रवेश गर्यो । अहिले ट्रेडिङको उकालो यात्रामा छ । गीत दर्शक तथा स्रोताले मन पराइरहेका छन् । ‘फेरि रेशम फिलिलि’ सिनेमाको यो गीतमा कालीप्रसाद बास्कोटाको संगीत र स्वर छ ।

काली जसले नेपाली सिनेमा उद्योगलाई सर्वकालीन हिट गीत दिएका छन् । नेपाली सिनेमाको संगीतमा माइलस्टोन खडा गर्ने संगीतकार हुन् । कालीलाई यो गीतमा सोमिया बराइलीले स्वरमा साथ दएकी छन् । मानसराजको शब्द छ ।

यो समाचार पार्दासम्म फेरि जालमा गीतमा १६ लाख ६३ हजार बढि भ्युजसहित युट्युबको ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा उक्लिएको छ । दर्शकको राम्रो साथ पाइरहेको हुँदा शिर्ष स्थान तर्फ गीतले कदम बढाइरहेको छ । यो गीतले ३१ हजार बढि लाइक र १ हजार ३ सय बढि प्रतिक्रिया बटुलेको छ ।

यो गीतलाई अहिले दर्शक तथा स्रोताले मनपराइरहेका छन् । भनिरहेका छन्, अर्को राम्रो गीत । गीत मन पराएर स्रोताले सिनेमा ‘फेरि रेशम फिलिलि’लाई सफलताको शुभकामना दिइरहेका छन् ।


‘काली दाइको आवाजमा साँच्चै नै एक किसिमको जादु छ, मनैदेखि माया छ दाजुप्रति । अनि आँउदै गरेको फिल्म ‘फेरि रेशम फिलिली’को सम्पूर्ण कलाकर तथा निर्माता निर्देशकलगायत सम्पूर्ण फिल्म परिवारलाई अग्रिम शुभकामना,’ युट्युबमा गीत हेरेर एक व्यक्ति कमेन्ट गर्छन्, ‘पहिलो भाग हलमा हेरियो, यो चाहिँ अलि नपाइने भयो । हाल साउदीबाट ।’

गीत मात्रै होइन भिडियो मन परेको भन्दै खुलेर प्रशंशा गरिरहेका छन् । गीतको भिडियो हेरेर जीवन गैरले सुपुष्पा भट्टको तारिफ गरेका छन् । उनी लेख्छन्, ‘पहिलोपटक नेपाली कलाकारमा सबैभन्दा मनपरेको हिरोइन यिनै हुन् । यो गीतलाई सुहाउने हिरोइन ।’

गीत समय सान्दर्भिक भएको चिरन्जिवी बास्कोटालाई लागेको छ । उनी लेख्छन्, ‘गीत राम्रो छ । समयको मागलाई सम्बोधन गरिएको पाएँ । हेर्दाहेर्दै गीत सकिनुको बेग्लै मजा छ ।’

गीतजस्तै सिनेमा पनि राम्रो रहेको निर्माण टिमले बताउँदै आएको छ । हसाउँदै कथा भन्ने सिनेमाले दर्शकलाई मजाले इन्टरटेन र इंगेज गराउने निर्देशक निरोज महर्जनले बताएका छन् ।

सीमा बोहरा लेख्छिन्, ‘रिसाएको बेला रमाइलो हुने र एक्लै हुँदा आफ्नै ध्यानमा नाच्ने र गाउने गीत राम्रो लाग्यो ।’


भिडियोको स्क्रिन प्लेको पनि तारिफ भइरहेको छ । कालीको स्वर र संगीतमा जादु रहेको भन्दै हलमा चलचित्रले पनि जादु चलाउनेमा धेरैले अपेक्षा गर्दै शुभकामना दिइरहेका छन् । धेरैले ०७२ सालमा भूकम्प जाँदा ‘रेशम फिलिलि’ चलिरहेको स्मरण गरेका छन् ।

यो गीत करिब दश वर्ष अघिको भारइल गीत ‘जालमा’लाई रि(क्रियट गरिएको हो । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सिनेमामा विनय, सुपुष्प, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह(निर्मातामा एनि थापा छन् ।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो सिनेमा फागुन १४ मा रिलिज हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्