अमेरिकी विदेश मामिला सभापति भन्छन्– नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च गरियो
काठमाडौं– अमेरिकाले नेपालमा धर्मान्तरणका लागि रकम खर्च गरेको विषय ‘ओपन सेक्रेट’ रुपमा चर्चा भए पनि त्यसलाई पुष्टि हुनेगरीको बयान सार्वजनिक भएको छ।
अमेरिकी सदनका विदेश मामिला समिति सभापति ब्रायन मास्टले एउटा अन्तरवार्ताका क्रममा नेपालमा नास्तिकता फैलाउनका लागि ५ लाख डलर खर्च गरिएको बताएका छन्।
फरेन अफेयर्स सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले सीबीएसको ‘फेस द नेसन’मा मार्गरेट ब्रेननसँगको कुराकानीमा यस्तो खुलाएका हुन्।
नेपालमा नास्तिकता (धार्मिक आस्थाविरोधी गतिविधि) फैलाउनका लागि आधा मिलियन डलर खर्च भएको उनको अन्तरवार्तामा उल्लेख छ।
कोलम्बियामा ट्रान्सजेन्डर अपरेसन चलाउन ५० हजार डलर, पेरूमा एलजीबीटीक्यूका सम्बन्धमा ४७ हजार डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार डलर खर्च भएको दाबी गरेका छन्।
नास्तिकता भन्नाले कुनै व्यक्ति, समूह, वा विचारधाराले ईश्वर, भगवान, वा कुनै प्रकारका अलौकिक शक्तिको अस्तित्वलाई नकार्ने दृष्टिकोण हो।
नास्तिकहरू धार्मिक विश्वासहरू, धर्मग्रन्थहरू, र परम्परागत धार्मिक संस्थाहरूमा विश्वास गर्दैनन्। उनीहरू सामान्यतया विज्ञान, तर्क, र प्रमाणहरूमा आधारित भएर जीवनका प्रश्नहरूको उत्तर खोज्छन्।
नास्तिकता शब्द संस्कृत मूलको हो, जहाँ ‘अ’ (नकार) र ‘आस्तिक’ (ईश्वरमा विश्वास गर्ने) को संयोजनबाट बनेको छ। यसको अर्थ हुन्छ, ईश्वर वा आध्यात्मिक शक्तिहरूमा विश्वास नगर्ने व्यक्ति।
यस्तो अभियानका लागि अमेरिकी डलर खर्च भएको विवरणले तरङ्गीत पारेको छ।
नास्तिकतामा व्यक्ति तर्क र दर्शनको आधारमा ईश्वरको अस्तित्व अस्वीकार गर्छन्। उनीहरू विश्वास गर्छन् कि कुनै पनि अलौकिक शक्ति आवश्यक छैन र ब्रह्माण्ड र जीवनका घटनाहरू प्राकृतिक नियमहरू अनुसार चल्छन्।
यस्ता व्यक्ति ईश्वरको अस्तित्वबारे गहिरो सोच नगरी जीवन जिउँछन्। उनीहरू धार्मिक अभ्यासमा संलग्न हुँदैनन्, तर प्रत्यक्ष रूपमा ईश्वरको अस्तित्व अस्वीकार पनि गर्दैनन्।
यो नास्तिकताको आधार विज्ञान र तथ्यमा आधारित हुन्छ। वैज्ञानिक नास्तिकहरू भन्छन् कि जबसम्म कुनै कुरा प्रमाणित हुँदैन, त्यसलाई सत्य मान्न सकिँदैन। उनीहरू प्राकृतिक नियम, विकासवाद, र ब्रह्माण्ड विज्ञानका सिद्धान्तहरूमा विश्वास गर्छन्।
नेपाल विश्वको एक मात्र हिन्दू राष्ट्र थियो। जसलाई संविधानमा नै धर्मनिरपेक्ष घोषणा गरिएको छ। हिन्दू आस्थिकहरुले अमेरिकाको उक्त रकम संविधानमा धर्म निरपेक्षताका लागि खर्च भएको हुन सक्ने आशंका गरेका छन्।