१४ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब बढी
काठमाडौं– साताको पहिलो २ दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ ।
मंगलबार नेप्सेमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार बराबरको शेयर कारोबार हुँदा नेप्से १४.८ अंकले घटेको हो ।
मंगलबारको शेयर कारोबारमा १६२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आजको कारोबारमा जलविद्युत क्षेत्र र अन्य सूचक बाहेक सबै सूचकहरू नकारात्मक रहेसँगै नेप्से २७१५.९१ बिन्दुमा आइपुगेको छ । आज नेप्से परिसूचक घटेको दिन जोशी हाइड्रोपावर डेभलपमेन्टका शेयर कारोबारीले आज सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।
तर, आजको कारोबारमा कर्पोरेट डेभलपमेन्टका शेयर कारोबारीले भने सबैभन्दा धेरै गुमाएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्