Nic Ad Nic Ad
Nic Ad Nic Ad

दैलेखको तोलीजैसी केन्द्रबिन्दु भएर भूकम्प

मंगलबार, माघ २२, २०८१

काठमाडौं- दैलेख जिल्लाको तोलीजैसी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्