Nic Ad Nic Ad
Nic Ad Nic Ad

छपन्न लाखभन्दा बढी मूल्यका सामान बरामद

मंगलबार, माघ २२, २०८१

वीरगञ्ज (पर्सा)- जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका रु. ५६ लाख ४६ हजार मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ । 

आज जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो । 

प्रहरी नायब उपरीक्षक  किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताए । 

“आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ”, उनले भने । 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्