Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङमा

बुधबार, माघ २३, २०८१

काठमाडौँ -नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाको आफ्नो पाँचौँ खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन । नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।

यता नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्दै दाउमा रहेको छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार बेहोरेको थियो ।नेपालको प्लेइङ-११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सीता राना मगर र रचना चौधरी छन् ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्