प्रहरी प्रभाग साँखुमा महिला प्रहरी मृत्त फेला
काठमाडौं- काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत्त फेला परेकी छन् ।
उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ १७:०३
प्रतिक्रिया दिनुहोस्