Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध आप्रवासीहरूलाई लिएर अमेरिकी सेनाको एक विमान भारत आइपुग्यो

बुधबार, माघ २३, २०८१

काठमाडौँ- अमेरिकामा विना कागजात बसोबास गर्दै आएका भारतीय अवैध आप्रवासीहरूलाई लिएर अमेरिकी सेनाको एक विमान भारत आइपुगेको छ । उक्त विमान बुधबार अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि पहिलो पटक भारतीय नागरिकहरूको अमेरिकाबाट निर्वासन (डिपोर्टेसन) भएको हो।

बीबीसीसँग भारतीय सुरक्षा अधिकारीहरूले भारत ल्याइपुर्‍याइएका व्यक्तिहरूको सूची जाँच गरिसकेको र त्यसमा कुनै कुख्यात अपराधी नरहेको जानकारी दिएका छन् ।

उनीहरूका अनुसार अमृतसर आइपुगेका केही व्यक्तिहरूलाई प्रहरीका गाडीमा उनीहरूका गाउँ लैजाने तयारी छ भने अरू राज्यका नागरिकलाई विमानमार्फत घर पठाइनेछ ।

सञ्चार माध्यमहरूलाई विमानस्थलभित्र जान अनुमति नरहे पनि सञ्चारकर्मीहरूले उनीहरू बाहिर निस्किएपछि कुराकानी गर्न सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्